लैंगिक हिंसा बिरुद्ध पाँचथर प्रहरीको सचेतना अभियान

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले शुक्रबार फिदिम माविका बालबालिकाहरुलाई लंैगिक हिंसा बिरुद्धको सचेतना सम्बनधी जानकारी दिएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सगै सूरु गरी बिद्यालयका बालबालिकाहरुलाइ चेतना कक्षा दिएको हो । बालबालिकाहरुमाझ लैगिक हिंसा, बालबिबाह, साइबर अपराध, सम्बन्धी बिषयमा एक बार्यक्रम गरी सचेतना दिएको जनाइएको छ । बिद्यालयका बालबालिकाहरुलाई, कक्षा कोठामा सचेतना सामाग्री हात हातमा दिएर प्रहरी निरिक्षक डम्बर बिश्कर्माले सचेतना कक्षा दिएका हुन् ।

पाँचथरको सवै पालिकास्तरीय बिद्यालयहरुका बालबालिहरुलाइ सामाजिक दुरी कायम राखि उक्त बिषयमा सचेतना अभियान सञ्चालन गरीने र योजना बनाइने डिएसपी राकेस थापाले जानकारी दिए । बिगत बर्षहरुमा अभियान सञ्चालन हुने गरेको थियो । कोभिडका कारण अभियान रोकिएकोले अव सामाजिक दुरीकायम गरी अभियान सञ्चालनमा निरन्तरता दिइने डिएसपी थापाको भनाई छ ।

प्रतिक्रिया