कांग्रेस वाग्मती प्रदेशमा घिमिरे र प्रधानको प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेसको आशन्न १४ औं महाधिबशेन अन्तरगत वाग्मती प्रदेशको निर्वाचनमा ज्यादै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यही मंसीर १६ र १७ गते हुन गइरहेको प्रदेश अधिबेशनका क्रममा वाग्मती प्रदेशमा संस्थापन इतरपक्षले चितवनका रामकृष्ण घिमिरेलाई अघि सार्न तयारी गरेको छ भने संस्थापन पक्षले माकवानपुरका इन्द्र बानियाँ या काठमाडौंका भीमसेनदास प्रधानमध्ये कसलाई अघि सार्ने ? भन्ने निक्र्योल गरिसकेको छैन् ।

समाचार स्रोतका अनुसार विगत दुई वर्षदखि इतरपक्षसँगै मिसिएर सभापति शेरबहादुर देउवा विरुद्ध गतिविधि गर्दै आएका कृष्णप्रसाद सिटौलाले पूर्वरक्षामन्त्री समेत रहेका काठमाडौं कांग्रेसका नेता प्रधानलाई अघि सार्नका लागि कोइराला परिवार सँग कुरा मिलाई सकेका थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वउपसभापति प्रकाशमान सिंहले अस्वीकार गरेपछि सिटौला देउवा र बिमलेन्द्र निधिसँग वार्तामा पुगेका हुन् । निधिले भीमसेनदासलाई बचन दिए पनि देउवा भने इन्द्र बानियाँलाई उमेद्वार बनाउने प्रयासमा लागेको बताइएको छ ।

यता सिटौला समुहसँग कुरा नमिले पछि संस्थापन इतर पक्षमा चितवनका घिमिरे र काभ्रेका आचार्यको विषयमा कुरा भएको थियो । समाचार स्रोतका अनुसार वरिष्ठ नेता पौडेल मधु आचार्यका पक्षमा उभिएका थिए भने डा. शशांक कोइराला र र डा. शेखर कोइराला घिमिरेको पक्षमा उभिएका थिए । यता प्रकासमान सिंह भने तटस्थ देखिएका थिए । तर मधु आचार्य स्वंले घिमिरेको पक्षमा सहमति जनाए पछि कुरा मिलेको हो ।

मुलुकका ७ प्रदेशमध्ये सबै दृष्टिले ठूलो र महत्वपूर्ण बाग्मति प्रदेशको नेतृत्वका लागि कांग्रेसका दुवै पक्षले ठूलै प्रतिष्ठाका रुपमा लिएका छन् । ७ सय ८० जना महाधिबशेन प्रतिनिधि र करिव ११ सय प्रदेशसभा प्रतिनिधिले वाग्मती प्रदेशको नेतृत्व चयन गर्नेछन् । अन्तिम प्रतिस्पर्धा घिमिरे र प्रधानबीच नै हुने देखिएको छ । दुवै जना प्राज्ञिक पृष्ठभूमी भएका विग फिगर हुन् ।

दुवै जनाकोले दुई दुई कार्यकाल जिल्ला सभापति पद संहालिसकेका छन् । दुवै जना संविधानसभा सदस्य समेत हुन् । तर अवशरका दृष्टिले घिमिरे अली पछि परेका नेता हुन् । पंचायतकालमा ७ पटक गरी ७ वर्ष जेल बसेका घिमिरे नेवि संघको स्थापना हुनु भन्दा अघि देखि नै राजनीतिमा संलग्न हुन् । तर प्रधानको सक्रीय राजनीति भने २०४६ सालको जनआन्दोलन सफल भए पछि आरम्भ गरेका हुन् ।

प्रतिक्रिया