राजेश हमालले किने नयाँ गाडी

काठमाडौं । अभिनेता राजेश हमालले नयाँ गाडी फेरेका छन् । समाचार बाहिर आएको छ । विगत १३ वर्षदेखि कियाले बजारमा ल्याएको स्पोर्टेज गाडी चढ्दै आएका हमालले अहिले भने नयाँ गाडीको रुपमा जीप कम्पास फेरेका छन् । श्रीमती मधु भट्टराईसहित बिहीबार नक्सालस्थित जीप शो रुममा पुगेर हमालले जीप कम्पासको गाडी लिएका हुन् । युवा अवस्थादेखि नै जीपको बारेमा सुन्दै आएको बताएका हमालले जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट आफु प्रभावित भएर गाडी किनेको बताए ।

बिहीबार नै हमाल नयाँ गाडी लिएर श्रीमती मधुका साथ होटल सोल्टीमा आयोजित १३औं इजरायली चलचित्र महोत्सवमा समेत पुगेका थिए । महोत्सव उद्घाटनपछि हमालले गाडीमै बसेर महोत्सवको पहिलो फिल्म हेरेका थिए । बलिउड र हलिउडका कलाकारले गाडी फेरेको समाचार दैनिक सुन्न र देख्न मिल्छ । नेपाली फिल्म क्षेत्रका महानायकले गाडी फेरेको समाचार पहिला चोटी बाँहिर आएको हो । हमालले नयाँ गाडी जीप कम्पास ८४ लाखमा खरिद गरेको बताइन्छ । हमाल पछिल्लो समय फिल्म ‘सत्यम्’ अभिनय तयारीमा छन् । करिब ४ बर्षपछि उनी नयाँ फिल्ममा देखिन लागेका हुन् ।

प्रतिक्रिया