एमाले केन्द्रीय सदस्यमा बाबुराम थापाको उमेद्वारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औं महाधिवेशनमा बाबुराम थापाले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका छन् । कृषि तथा रोजगारी प्रवद्र्धनको अभियानमा क्रियाशील अभियन्ता थापाले राजनीतिमा थप सक्रिय हुने घोषणा गर्दै केन्द्रीय सदस्यमा उमेद्वारी दिने जानकारी दिए । सबै साथीभाइ र पार्टीमा छलफल गरेपछि केन्द्रीय सदस्यको उमेद्वारी दिने निर्णयमा पुगेको उनले बताए । जनता समृद्ध भए मात्र मुलुक समृद्ध हुन्छ भन्ने मान्यतालाई साकार गर्ने लक्ष्यका साथ आफू लागिरहेको उनले बताए ।

विसं २०४७ बाट इसिभु माध्यामिक विद्यालय तेह्रथुमको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको प्रारम्भिक कमिटी सचिवबाट राजनीति सुरु गरेका थापाले युवा संघ नेपालको तेह्रथुम जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य,केन्द्रीय सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । थापाले युवा किसान संघको अध्यक्ष हुँदै किसान महासंघको उपमहासचिवसम्मको जिम्मेवारी पुरा गरिसकेका छन् । पार्टी जिल्ला सचिवालय सदस्य हुँदै जिल्ला कमिटी अध्यक्ष र प्रदेश १ कमिटी सदस्यको रुपमा समेत थापाले काम गरिसकेका छन् । उनी मनोनित प्रतिनिधी हुन् ।

प्रतिक्रिया