राप्रपाका पूर्ववरिष्ठ उपाध्यक्ष मल्ल एकीकृत समाजवादीमा प्रवेश

कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कालिकोटका पुर्व वरिष्ठ उपाध्यक्ष एवं पार्टी प्रवक्ता लालबहादुर मल्ल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

३१ वर्षयता राजनीतिकमा लागेका मल्ल सुर्खेतमा आयोजित समाजवादीको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालमार्फत सम्मानित हुँदै प्रवेश गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिगत लामो सयम राजनीतिक जीवन बिताएका मल्लले अब समाज रुपमान्तरणका लागि नेकपा एकीकृत समाजवादी मात्रै अग्रसर पार्टी देखिएकाले विकास निर्माणमासमेत समाजवादी पार्टीको ठूलो भूमिका रहेकाले आफ्नो बाकी राजनीतिक जीवन समाजवादी पार्टीमा बिताउने प्रतिबद्धता जनाएका छन् ।

मल्लले कालिकोट जिल्लामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका आम कार्यकर्तालाई समाजवादी पार्टीतिर लाग्न आग्रहसमेत गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले मल्ललाई दोसल्ला ओढाउँदै आफ्नो पार्टीमा स्वागत गरे ।

कालिकोटका अन्य स्थानिय तहभन्दा खाँडाचक्र नगरपालिकामा एकीकृत समाजवादी पार्टी अग्रसर देखिएको बताउँदै मल्लले अबका दिनमा खाँडाचक्र नगरपालिकामा समाजवादीको छाप झन् बलियो बनाउनेतर्फ लाग्ने बताए । मल्ल सफल कानून व्यवसायी पनि हुन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया