जङ्गली हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु

झापा । चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया