प्रहरी निरीक्षकदेखि कार्यालय सहयोगीसम्म दुई हजार तीन सय २० जनाको लागि भर्ना आह्वान (सूचिसहित)

काठमाडाैं । नेपाल प्रहरीले विभिन्न पदमा गरेर दुई हजार तीन सय २० जनाको लागि नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले आज (शुक्रबार) सूचना प्रकाशित गरी खुला र समावेशी समूहमा गरेर दुई हजार तीन सय २० पदमा नयाँ भर्ना आह्वान गरेको हो । प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको लागि दरखास्त आह्वान गरिएको छ ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १४६ जना माग गरिएको छ। सबैभन्दा बढी प्रहरी जवानमा एक हजार नौ सय ७१ जना माग गरिएको सूचनामा उल्लेख छ। जसमा खुला तर्फ एक हजार ६३ जना छन् । त्यसैगरी कार्यालय सहयोगी (भान्से) तर्फ १६३ जना, हजाम तर्फ १०, सिलाईबुनाई तर्फ १०, कुचिकारमा १० र धोबी १० जना माग गरिएको छ ।

हेर्नुस् सूचना

प्रतिक्रिया