शिवम् सिमेन्टको प्राविधिक अन्तक्र्रिया

काठमाडौं । शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २ सय ६० जना निर्माण कर्मीहरूसँग परामर्श तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीरूका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आइरहेका हुन्छन् । उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्र्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूका लागि ५ लाख रुपैयाँ बराबरको जोखिम वहन गर्नेगरी बिमा गरेको थियो । चरणबद्ध रूपमा देशका विभिन्न स्थानहरूमा नियमित अन्तक्र्रिया तथा बिमा कार्यक्रम गर्दै आइरहेको शिवम्ले हाल आबुखैरेनी, मुग्लिङ, गोरखा, दमौली र डुम्रेका २ सय ६० निर्माणकर्मीसँग परामर्श तथा बिमा कार्यक्रम सम्पन्न गरेको हो । पहिलो चरणअन्तर्गत भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तक्र्रिया गरी उनीहरूको जोखिम बिमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन् ।

उक्त कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो । कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका बिक्रेताहरूसँगको समन्वयमा यस अन्तक्र्रिया तथा निःशुल्क बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया