संघीयता लागू भयो पुनः स्थापित भएनन् अपभ्रंशित स्थाननामहरू

निनाम कुलुङ ‘मंगले’

राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति भनी चिनाउने र, लगभग ८/१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई समेत अध्यायनको कमीका कारण सहजै स्वीकार गर्न सकेको देखिँदैन । जबकी वैदिक सनातनीहरू पनि शिवलाई किराँतेश्वर समेत भन्ने गर्छन् । किराँतेश्वरको अर्थ हो किराँतको रूप धारण गरेका ईश्वर । तर किराँतचोक नामाकरण गर्दा उनीहरूको टाउको दुख्यो, शिव चोक राखियो ।

एकभाषाले अर्को भाषालाई अतिक्रमित गर्ने क्रम परापूर्वकालदेखि नै विश्वमा तीव्ररूपले चलिरहेको छ । ठाउँका नामहरू तथा जातजातिका थर तथा नामहरूमा पनि यो कुरा लागू भएको पाइन्छ । नेपालका सन्दर्भमा भन्नुपर्दा लिच्छवीकालभन्दा अघिको इतिहास फेला पर्न सकेको छैन । त्यस यताको इतिहास हेर्दा नेपालका अधिकांश स्थानहरूको स्थानीय नामहरू द्रुत गतिमा बाह्य नामहरूले अतिक्रमण गरेको देखिन्छ । लिच्छवीकालका स्थान तथा नामहरू मल्लकालमा परिवर्तन भएको पाइन्छ । मल्लकालका स्थान नामहरू शाहकालमा परिवर्तन भएको पाइन्छ । जुनकाल खण्डमा जुन भाषा प्रयोग गर्ने शासक तथा जुन धर्म मान्ने शासक भए त्यही अनुसार नै ठाउँका नामहरू परिवर्तन हुने गरेको देखिन्छ ।

गोपाल, महिषपाल र किराँतकालको सभ्यता प्रमाणित इतिहासका रूपमा उजागर हुन सकेको छैन । लिच्छवीकालीन सभ्यता सामान्य मात्रै उजागर भएको छ । यी तीन कालखण्डमा नेपालका कुन ठाउँलाई के नामले पुकारिन्थ्यो ? कुन जातिलाई के नाम दिइएको थियो ? भन्ने कुरा जनश्रुतिमा मात्रै सीमित छन् ।

लिच्छवीकाल यताको कुरा गर्नुपर्दा विषेशतः हिन्दू देवी–देउताका नाम, खस–नेपाली भाषा, अंग्रेजी भाषा र प्रसिद्ध व्यक्ति तथा व्यक्तित्वहरूको नामलगायत अन्य विदेशी भाषाले तीव्र गतिमा अतिक्रमण गरिरहेको देखिन्छ । कतिपय स्थानीय स्थान नामहरू भने, आप्mनो मौलिक नामबाट अपभ्रंशित हुँदै गइरहेको पनि देखिन्छ । जस्तो उदाहरणका लागि भन्नु पर्दा पूर्वको मेची अञ्चलको इलाम जिल्लामा रहेको अन्तुडाँडा र सन्दकफुलाई नै लिऊँ । ती स्थानका असली नाम पूरै परिवर्तन गरेर क्रमशः दीपेन्द्र (तत्कालीन युवराज दीपेन्द्रको नाममा) शिखर र सन्दकपुर बनाइएको छ । यी नामहरू लाप्चा आदिवासीको मातृभाषामा रहेको स्थानीय स्थान नामहरू हुन् । त्यस्तै तेहृथुम जिल्लाको सदरमुकाम ‘मेयङ लुङ’ हाल अपभ्रंषित भएर ‘म्याङलुङ’ भएको छ । तेह्रथुम जिल्लाकै ‘हात्तिलेङे (पूरै खोलालाई हिंगुवा खोला भनिन्छ), झरनाको नाम अपभ्रंसित भएर ‘ह्यात्रुङ’ भएको छ । त्यति मात्र होइन मेयङ लुङ बजारभित्रै पर्ने ‘तुम्भुङला’ तम्फुला भएको छ । र, तेहृथुमकै ‘सुम्दोवा’ गाउँ ‘सम्दु’ र ‘सङबो’ गाउँ ‘संगपु’ भएको छ । त्यस्तै संखुवासभा जिल्लाको ‘तुमलुङटार’ पनि अपभ्रंषित भएर हाल ‘तुम्लिङटार’ भएको छ । जुन विश्वकै होचो उपत्यका पनि हो ।

तर, स्मरणयीय कुरो के छ भने, भोजपुर जिल्लाको ‘कुलुङ’ गाउँको नाम भने जस्ताको तस्तै हालसम्म पनि ‘कुलुङ’ नै कायम रहन सफल भएको छ । स्मणीय छ, कुलुङ जाति नेपालका प्राचीन जातिहरूमध्येका किराती आदिवासी हुन् । यता सोलुखुम्बुको ‘फुसतेल’ र सत्तो–सोत्तो गाउँहरू भने, क्रमशः सोताङ र शिबटार÷कृष्णटार भएको छ । त्यसो त धनकुटाको ‘भेडेटार’ पनि विदेशी (बेलायती युवराज चाल्र्स) को नाममा ‘चाल्र्स भ्यु प्याइन्ट’ भएको छ–थियो । खोज्दै जाँदा नेपालभरि नै स्थानीय नामहरू, खास गरी आदिवासी जनजातिका मातृभाषामा राखिएका÷रहिआएका स्थानीय नामहरू नेपालीकरण–खसकरण र विदेशी विशेषतः अंग्रेजी भाषाको अतिक्रमणमा परेका छन् । अन्य धेरै उदाहरणहरू रहेता पनि, पोखरा नजिकको ‘ह्याङजा’ अहिले हेम्जा भएको छ भने पोखराकै ‘पाताले छाँँगो’ हाल ‘डेबि’ज फल्स’ भएको छ । भनिन्छ, डेबी नामक स्वीस तरुनी (विदेशी महिला) उक्त छागाँबाट खसेर वेपत्ता भएपछि÷मरेपछि ! ‘पाताले छाँँगो’ ‘डेबि’ज फल्स’ भएकी हुन् ।
अतिक्रमित र अपभ्रंसित भएका स्थान नामहरूका सम्बन्धमा भन्नुपर्दा नेपालका हिमालहरू पनि अछुतो रहन सकेका छैनन् । नेपाली हिमालहरूको नाम पनि खुबै अतिक्रमणमा परेका छन् । त्यस्ता केही हिमालहरूको नाम तल उल्लेख गरिएको छ । १, सेवालुङ (कञ्चनजंघा) । २, फक्ताङलुङ (जान्नु–कुम्भकर्ण) । ३, सेसेलुङ (मकालु) । ४, चोमोलुङमा (सगरमाथा खस–नेपाली भाषाको नाम र एभरेस्ट अंग्रेज–अंग्रेजी भाषाको नाम) । ५, आम्पा मारे (गौरीशंकर) । ६, ख्वाप्स्लाङ–कार्पो (गणेश हिमाल) । ७, उर्कीमा (बाडेन पावेल–स्काउटका जन्मदाताको नाममा) । ८, जाक्सम्बा (पासाङल्हामु चुली–प्रथम सगरमाथा आरोही नेपाली महिलाको नाममा) । ९, धाम्पुस (थापा पिक) । १०, झोङ–री (पिसाङ पिक) । ११, प्याङगेन पुथाङ (मनास्लु) । १२, ङादी चुली (डाक्टर हर्क चुली) आदि ।

यसरी जवर्जस्त ढंगले स्थाननामहरू अतिक्रमित र अपभ्रंसित हुँदै गएका छन् भने नयाँ नाम राख्ने क्रममा विवाद र होर्डिङ बोर्ड फालाफालसमेत भएको उदारणहरू प्रशस्तै छन् । जस्तो तत्कालीन ललितपुर उ.म.न.पा.—१४ (हाल महानगरपालिका) को नखिपोटको खेल मैदान नजिक आदिवासी विशेषतः लाहुुरे परिवारको बाक्लो बस्ती भएकाले सुरुमा ‘किरात चोक’ नामाकरण गरियो । तर, पछि उमनपा समेतको मिलेमतोमा स्थानीय रैथानेहरूले ‘शिव चोक’ बनाएरै छाडे । यसरी राज्य र राज्य पक्षका अनुदारवादी रुझान राख्ने पक्षले किरात भन्नाले एउटा जात वा जाति मात्रै नजनाएर इतिहास, सभ्यता, धर्म, दर्शन, भाषा, महाजाति भनी चिनाउने र, लगभग ८÷१० हजार वर्षको इतिहास बोकेको ‘किरात’ शब्दलाई समेत अध्ययनको कमीका कारण सहजै स्वीकार गर्न सकेको देखिँदैन । जबकी वैदिक सनातनीहरू पनि शिवलाई किराँतेश्वर समेत भन्ने गर्छन् । किराँतेश्वरको अर्थ हो किराँतको रूप धारण गरेका ईश्वर । तर किराँतचोक नामाकरण गर्दा उनीहरूको टाउको दुख्यो, शिव चोक राखियो । अनुदारवादी तप्का अली अबुझ हुन्छ भन्ने कुरा यसले प्रमाणित गरेको छ ।

त्यसो त नेपालमा मात्रै नभएर विश्वभरि नै हाल कुनै पनि देशको स्थानीयस्तरका स्थानको नाम मात्रै नभएर देशकै नामसमेत मौलिक नाममा पुनःस्थापित गर्ने प्रचलन बढ्दो क्रममा छ भन्ने त बर्मा भन्ने देश ‘म्यामाँ–म्यानमार’ भइसकेकोले पनि देखाउँछ । यसरी विदेशीहरूले आप्mनो भाषामा राखेको केही सहरहरूको नामहरू यहाँ उल्लेख गरिएको छ । जस्तो कि, भारतको बम्बई सहर हाल मुम्बई भएको छ । त्यस्तै मद्रास सहर चेन्नाई भएको छ । कलकत्ता सहर कोलकाता भएको छ । उता बर्मा भनी चिनिने देश पनि हाल ‘म्यामाँ–म्यानमार’ भइसकेको छ भने बर्माको राजधानी रंगुन पनि ‘याँगु–यांगुन’ भएको छ ।

त्यसैले नेपालमा पनि चर्को रूपमा जातजाति र भाषाभाषीको कुरा गर्नेेहरूले यसबारेमा पनि पहलकदमी लिने हो कि ? खासमा संघीयताको मर्म अनुरूप पनि सगरमाथालाई चोमोलुङमा, गणेश हिमाललाई ख्वाप्स्लाङ कार्पो, सोताङलाई फुसतेल, हेम्जालाई ह्याङजा, ह्यात्रुङलाई हात्तिलेङे, तुम्लिङटारलाई तुमलुङटार, कञ्चनजंघालाई सेवालुङ, मकालुलाई सेसेलुङ आदि पुनः नामाकरण नगर्ने ? त्यति मात्रै होइन, नेपालभरिका आदिवासी जनजातिका मातृभाषामा रहेका÷रहिआएका स्थान नामहरू पुनः स्थापित गराउन किन पहल नगर्ने ? उसो त ‘काठमाडांै उपत्यकालगायत वरिपरिका स्थान, खोलानाला आदिको स्थानीय नामहरू ८० प्रतिशतभन्दा बढी किराती परिवारको भाषामा रहेका छन् ।’ भनी धनबज्र बज्राचार्यद्वारा लिखित लिच्छवीकालीन अभिलेख नामक किताबमा लेखिएको छ ।

त्यसैले नेपालमा संघीयता लागू भए÷आएसँगै ती अतिक्रमित र अपभ्रंसित भएका स्थान नामहरूको नाम पनि पुनः स्थापित होओस् भन्ने कामना गरौँ । माथि उल्लिखितबाहेक नेपालभरि नै नेपालका आदिवासी जनजातिहरूका मातृभाषामा रहेका जति पनि अपभ्रंसित भएका र अपहरित भएका स्थान नामहरू छन्, ती सबै स्थान नामहरूको स्थानीय जनता विषेशतः आदिवासी जनजातिहरूले पुकार्ने नामहरू नै पुनः स्थापित गरिनु÷लेखिनु÷उच्चारण गरिनुपर्छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारहरूले नै समन्वय गरेर र, संघीयता लागू भएसँंगै विगतमा एकल जातीय सोचका कारण होस् वा बोलाऊन सजिलोका कारण त्यो बेला खसकरण–खसीकरण र हिन्दूकरणमा परेर विस्थापित वा अपभ्रंस भएका आदिवासी जनजातिका मातृभाषामा रहेका सम्पूर्ण स्थान नामहरूको नाम पुनः उनीहरूकै भाषामा नामाकरण गरिएको छ भनी सार्वजनिक रूपमै घोषणा गरिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया