नारायणहिटी दरबारमा माच्छापुच्छ्रे बैंकको मोवाइल लकर

काठमाडौं। माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउनेहरुका लागि लक्षित गर्दै मोबाइल लकर स्थापना गरेको छ । बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई उक्त लकर हस्तान्तरण गरेको हो ।
समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले मोबाइल लकरको संयुक्त रुपमा उद्धघाटन गरेका हुन । संग्राहलय आउने व्यक्तिहरुले अब मोबाइल फोन लकरमा सुरक्षितसँग राखेर निस्फिक्री घुम्न सक्ने बैंकले जनाएको छ।

प्रतिक्रिया