मेलम्ची ल्याउन किन ढिलाइ ?

राजधानी काठमाडौं उपत्यकामा पुनः खानेपानीको संकट सुरु भएको छ । गत चैतमा मेलम्चीको पानी आउन थालेपछि खानेपानीको समस्या समाधान भएको भन्दै काठमाडौंवासीमा खुसी छाएको थियो तर त्यो खुसी गत असार १ गते मेलम्ची क्षेत्रमा आएको बाढीले बगाइदियो । बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँधसँगै काठमाडौंवासीको खुसी पनि बगाइदियो । असारदेखि वर्षायामसमेत सुरु भएका कारण मेलम्ची नआउँदा पनि काठमाडौंमा खानेपानीको खासै समस्या भएको थिएन ।

साविकको स्रोतमा समेत वर्षायाममा पानी बढेको थियो । साथै ढुंगेधारा र घरघरमा भएका इनारमा समेत प्रसस्त पानी थियो । तर, वर्षायाम सकिएको दुई महिना बित्दानबित्दै साविकको स्रोतमा पानी कम भइसकेको छ । इनार तथा ढुंगेधाराहरू सुक्न थालिसकेका छन् । पानी बिक्री गर्ने ट्यांकरहरू फेरी काठमाडौंका सडकमा दौडन सुरु गरेका छन् । अस्थायी बाँध बनाएर मेलम्चीको पानी नल्याउँदासम्म काठमाडौंमा खानपानीको समस्या विकराल बन्दै जाने निश्चित देखिएको छ । तर अस्थायी बााध बनाउनेतर्फ सरकारले विशेष चासो देखाइरहेको छैन ।

गत असारमा बाढीले क्षति पु¥याएको भनेको मेलम्चीको अस्थायी बा“ध तथा निर्माणधीन स्थायी बाँध मात्रै हो । सुरुङ, सुन्दरीजलस्थित ट्यांकी तथा वितरण संरचनाहरू जस्ताको तस्तै छन् । अस्थायी बाँध बनाएर सुरुङभित्र पानी पठाइदिए मात्रै पुग्छ । गत चैतमा पनि अस्थायी बाँध बनाएरै मेलम्चीको पानी ल्याइएको हो । स्थायी बाँध सुरुदेखिकै बनाउनुपर्ने भएकोले डेढ÷दुई वर्ष लाग्न सक्छ, तर राज्यले चाहने हो भने अस्थायी बाँध चुड्कीका भरमा निर्माण हुन सक्छ । अस्थायी बाँध त डेड÷दुई करोड रुपैंया खर्च गरेर एक÷डेढ सातामै बनाउन सकिन्छ । तर, मेलम्ची खानेपानी आयोजनाले अस्थायी बाँध निर्माणका लागि चार महिना लाग्ने बताएको छ । पहिलो कुरा त अस्थायी बाँध बनाउन नै चार महिना लाग्छ भन्नु नियोजित षड्यन्त्र हो ।

दोस्रो कुरा वर्षा सकिएको दुई महिना बित्न लाग्दासमेत अस्थायी बा“ध निर्माणको काम किन तदारुकताका साथ अघि बढेको छैन ? भन्ने प्रश्न हो । काठमाडौंवासीले मेलम्चीको पानी सित्तैमा प्रयोग गर्ने पनि होइनन् । निकै खुसीका साथ खानेपानीको महसुल तिर्न तयार छन् । अस्थायी बाँध निर्माणका लागि गरिने खर्च त एकसातामै महसुलबाट उठ्ने अवस्था छ । तर पनि चासो नदिइनु भनेको पानी व्यापारीहरूको षड्यन्त्र हो । किनकी मेलम्ची खानेपानी आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रभावशाली कर्मचारीहरूमध्ये कतिपय आफैँ पानीको व्यापारमा संलग्न छन् । कतिपयको पानीका व्यापारीहरू सँग साझेदारी छ । मेलम्चीको पानी ल्याउन जति ढिला ग¥यो उति आपूmलाई आर्थिक लाभ हुने भएकोले पनि चासो नदिइएको हो कि ? भन्ने आशंका जनताले गरेका छन् ।

बढीमा सात वर्षभित्र सम्पन्न हुने गरी सुरु गरिएको मेलम्ची खानेपानी आयोजना २२ वर्ष बित्दासमेत सम्पन्न हुन नसक्नुमा के के कारणहरू थिए ? भन्ने कुरा जनताले लगभग थाहा पाइसकेका छन् । गत चैतमा अस्थायी बाँध बनाएरै पानी ल्याइनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष भूमिका थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १४ का लागि मध्यावधि आमनिर्वाचन घोषणा गरेका तत्कालीन प्रधानमन्त्री ओलीका लागि जनतासँग भोट माग्न जानका लागि पनि मेलम्ची भनाउनु पर्ने वाध्यता थियो । त्यसैका लागि उनले विशेष चासो दिए । अँफ्नै बलबुताले मात्रै मेलम्ची आएझैँ गरी प्रचार गरे । यो प्रचार गर्ने अधिकार उनलाई थियो पनि । एउटा उखानै छ, ‘मह काढ्नेले हात चाट्छ ।’ जसले जे भने पनि काठमाडौंवासीले मेलम्चीको पानी खान पाएको ओली प्रधानमन्त्री हुँदा नै हो । दुर्भाग्यवस ओली प्रधानमन्त्री पदबाट हट्नुभन्दा करिब एक महिनाअघि अस्थायी बाँध बगाएका कारण मेलम्चीको पानी अवरुद्ध भयो । त्यसपछि बनेको सरकारले विशेष चासो दिनुपथ्र्यो । असोजसम्म त वर्षा नै भएकोले मेलम्चीमा आलो पहिरोका कारण धमिलो पानी बगेको थियो । यतिबेला भने पानी कञ्चन भइसकेको छ । तैपनि सरकार बेखबर जस्तै छ ।

प्रतिक्रिया