यौन दुव्र्यवहारको आरोपमा युवा पक्राउ

मंसिर । पर्वत जिल्लाको जलजला गाउँपालिकाका एक युवा १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । वडा–४ बस्ने विष्णु आचार्यले मोेबाइलमा भिडियो देखाएर बालिकालाइ यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । आचार्यले गत सोमबार अपरान्ह ४ बजेको समयमा आफ्नो मोबाइलमा रहेको अश्लील भिडियो देखाई यौन दुव्र्यवहार गर्दै एकान्त ठाउँमा लगी बालयौन दुरुपयोग गरेको आरोप लागेको छ । बालिकाका बाबुले यौन दुरुपयोग गरेको जाहेरी दरखास्त प्रहरीमा पेस गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई सोही दिन पक्राउ गरेको हो ।

पीडक आचार्यविरुद्ध मंगलबार जिल्ला अदालत पर्वतमा बाल यौन दुरुपयोगसम्बन्धी शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । घटनाको विस्तृत विवरण अनुसन्धान सकिएपछि आउने पनि उनको भनाइ रहेको छ ।

प्रतिक्रिया