चर्चामा खेलाडीको हेयरस्टाइल

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७८ को पहिलो चरण अर्थात म्याच विक वानका खेलहरु सकिएका छन् । १४ क्लब सहभागी लिगमा पहिलो चरणमा ७ खेल भए । पहिलो चरणका खेलमा खेलाडीका चर्चामा रहे । फ्लड लाइटमा खेलाइएको उदघाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । सात खेलमध्ये चार खेलको स्पष्ट नतिजा आउँदा तीन खेल बराबरीमा सकिए । त्यसमा पनि दुई खेल एक÷एकको बराबरी र एक खेल गोलरहित बराबरीमा सकियो । ब्रिगेड ब्वाइज युनियन र एपीएफ फुटबल क्लबबीचको खेलमा कुल पाँच गोल भयो । एउटा खेलमा मात्र गोल भएन । पहिलो चरणमा कुल १६ गोल हुँदा १४ खेलाडीले गोल गरे ।

आइतबार मनाङ मर्स्याङ्दी कप्तान अन्जन विष्ट फरक हेयर स्टाइलमा देखिए । उनले कपाल सिल्भर कलरले रंगाएका थिए । जावालखेल विरुद्ध पहिलो खेलमा मनाङ १–० ले विजयी हुँदा डिफेण्डर दिनेश राजवंशीले गोल गरे । फरवार्ड अन्जनले गोल त गर्न सकेनन् तर उनको हेयर स्टाइलले राम्रै चर्चा पायो ।

यस्तै सोमबार साविक विजेता मछिन्द्रले एनआरटी विरुद्ध खेल्दा अधिकांश खेलाडीले कपाल सिल्भर कलरमै रंगाएका थिए । अजरवैजानी खेलाडी नुर्लान नोभ्रुजोले कपाल रंगाएर नेपाल आएका थिए । टिमका अन्य नेपाली खेलाडीले भने सिल्भर कलरमा कपाल रंगाएका थिए । गोलकर्ता सुनिल बलसहित अभिषेक रिजाल तथा दुई विदेशी खेलाडी आन्द्रेश निया र करिम ओमालजा बाहेक मैदान उत्रेका अन्य १० खेलाडीले कपाल रंगाएका थिए ।

प्रतिक्रिया