मत-विमत

वैदेशिक रोजगारीको कहालीलाग्दो यथार्थ

प्रदीप उप्रेती २०७८ मंसिर ७ गते ७:५० मा प्रकाशित

प्रदीप उप्रेती

विकशित मुलुकको तुलनामा अल्पविकशित मुलुकका नागरिक समुदायले सुखद जीवनयापनको साथसाथै अन्य के त्यस्तो कारण छ जसले नागरिक समुदायलाई विदेश पलायनहुनेतर्फ थप आकर्षण गर्दछ भन्ने तथ्य पत्ता लगाउन जरुरी भइसकेको छ । विश्वका द्वन्द्वग्रस्त मुलुकमा जस्तै आमनेपाली जनमानषले पनि द्वन्द्वको चपेटा झेल्नुपरेको तितो यथार्थलाई हामी कसैले पनि सहजै भुल्न सक्दैनौँ ।

लोकतन्त्रको आगमनसँगै राज्यका तर्फबाट अन्य क्षेत्रमा जस्तै वैदेशिक रोजगारको क्षेत्रमा पनि उदारीकरणको रणनीति अबलम्वन गरियो । यसो गरेकोले अपेक्षाकृत रोजगारको चापमा अभिवृद्धि हुन गएको हो । बढ्दो रोजगारको साथसाथै सुरक्षा सतर्कतामा संवेदनशील हुन नसक्ने हो भने, यसको परीणाम भयाभय हुने निश्चित छ । यदि राष्ट्र हितको खातिर अल्पकालीन अवस्थामा सीपमुलक प्रशिक्षण प्राप्तिको लागि सक्षम युवागणलाई बाह्य मुलुक पठाउने रणनीति व्यवहारत लागू गर्दै जाने हो र उक्त समूहले विकशित मुलुकले अख्तियार गर्ने सरहको सीप—दक्षता हासिल गरे पश्चात सम्बद्ध समूहलाई स्वदेश फिर्तीको आवश्यक वातावरण मिलाउने हो भने, नेपालजस्तो अल्पविकशित राष्ट्रले अत्यधिक लाभ लिन सक्ने अवस्था कायम हुने देखिन्छ । तर, यसका लागि स्वदेश फिर्तिपश्चात सम्बद्ध समूहको सम्मानित रोजगारीको पूर्ण प्रतिवद्धता सहितको ग्यारेन्टी राज्यले प्रदान गर्नुपर्ने हुन्छ । जसको सफलताले निश्चित रुपमा वैदेशिक रोजगारीको भविष्य निर्धारण गर्नेछ । उच्च जीवनयापनको लालसाससहत वैदेशिक रोजगारीमा होमिने अधिकांश समूहमा अपवादबाहेक धेरैहदसम्म अदक्ष एवं अर्धदक्ष श्रमिकको जमात रहेकै कारण समस्या निम्तिने गरेको हो भन्दा फरक नपर्ला । प्रस्तुत तथ्यलाई मनन गर्दै राज्यले सीपयुक्तले योग्य जनशक्तिलाई मात्र वैदेशिक रोजगारीका लागि अनुमति प्रदान गरिने नीति व्यवहारत लागू गर्दै अख्तियार गर्नुपर्ने देखिन्छ । प्रस्तुत व्यवस्था लागू गरिँदा वैदेशिक रोजगारीको लागत अंश केहीहदसम्म बढ्न गएता पनि श्रमिक वर्गको हकहितका लागि व्यवस्थापन गरिएको भनिएको हँुदा अन्यथा लिन मिल्दैन ।

तसर्थ वैदेशिक रोजगार रोज्ने समूहले बाह्यमुलुक जानुपूर्व सीपमूलक ज्ञानको अभिवृद्धि गर्दै आपूm वा आफ्नो समूहलाई रोजगारको सुरक्षा छाताभित्र समाहित गर्न सक्नुपर्दछ । यदि रोजगारीको सिलसिलामा भवितत्वमा परी कुनै असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्था आइपरेमा उक्त समूहलाई सहजीकरणको भूमिका निर्वाह गर्न सहज होस् भन्नाका खातिर राज्यका तर्फबाट रोजगारको सुविधा उपलब्ध भएका मुलुकका नेपाली दूतावास वा नभएको स्थानहरूमा अवैतनिक कूटनीतिज्ञहरूलाई सहयोगी एवं सहजीकरणको भूमिका निभाउन राज्यले ठोस एवं सकारात्मक कदम चाल्नुपर्ने हुन्छ । जसको मुख्य उद्देश्य भनेको परदेशमा रहेका नेपाली नागरिकको सुरक्षित भविष्यको कामना गर्नु नै हो ।

विकशित मुलुकको तुलनामा अल्पविकशित मुलुकका नागरिक समुदायले सुखद् जीवनयापनको साथसाथै अन्य के त्यस्तो कारण छ जसले नागरिक समुदायलाई विदेश पलायन हुनेतर्फ थप आकर्षण गर्दछ भन्ने तथ्य पत्ता लगाउन जरुरी भइसकेको छ । विश्वका द्वन्द्वग्रस्त मुलुकमा जस्तै आमनेपाली जनमानषले पनि द्वन्द्वको चपेटा झेल्नुपरेको तितो यथार्थलाई हामी कसैले पनि सहजै भुल्न सक्दैनौँ । अतः द्वन्द्व उजाग्रहणको मूल कारक तत्व पहिल्याई तत्सम्बन्धमा सकारात्मक पाइला चाल्ने हो भने भविष्यको कुनै पनि कालखण्डमा यस प्रकारको पीडादायी अवस्थाबाट ग्रुजनु पर्ने छैन । त्यसो भएको हुँदा द्वन्द्व व्यवस्थापनका सन्दर्भमा हालसम्म गरीएका अध्ययन–अनुसन्धानबाट के कुरा पुष्टि भएको छ भने द्वन्द्वको मूल चुरो भनेकै व्यापक गरिबी, अशिक्षा, अन्धविश्वास एवं आर्थिक असमानताका कारण जब समाज वर्गीय द्वन्द्वको चपेटामा पर्छ, तदुपरान्तः मनोवैज्ञानिक रूपमा स्वतःफूर्त विद्रोहका भावनाहरू मानव मनमा सिर्जित हुने गर्दछन् । जसको नकारात्मक प्रभावको सबैभन्दा खराब परिसूचकको रूपमा प्रभावित क्षेत्रका वासिदाहरूले नचाहँदा–नचाहँदै पनि आफ्नो पुस्तौनी थाक–थलोलाई छाडी अन्यत्र पलायन हुन वाध्य हुन्छन् वा पारिन्छन् ।

द्वन्द्व लगायतका अन्य विविध कारणले आएको पयालतावादी सोचले हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरू रोजगारी एवं सुरक्षाको खोजीमा सुविधा सम्पन्न मुलुकका विभिन्न सहरमा विस्तापित हुने अवस्था पैदा भएको हो । यदि मुलकभित्र नै पलायनको गति सीमित रहेको भए कुनै प्रकारको समस्या झेल्नुपर्ने थिएन । तर विडम्वनापूर्वक भन्नै पर्ने हुन्छ ती मध्ये कैयाँै नेपाल आमाका होनहार सन्ततीहरू न्यून मात्रामा प्राप्त हुने अर्थोपार्जनका लागि भारत लगायतका खाडी क्षेत्रका विभिन्न मुलुकहरूमा पलायन हुनुको साथै लगभग ४५÷४८ डिग्रीको उच्चतापमान सहदै कार्य गर्न विवश छन् । यो नै वैदेशिक रोजगारीको कहालीलाग्दो वास्तविक यथार्थसमेत हो । रोजगारीको सन्दर्भमा अधिकांश अल्पविकशित राष्ट्रका नागरिक समुदायले प्राप्त गर्ने रोजगारी अन्य विकसित मुलुकको नागरिक समुदायले प्राप्त गर्ने रोजगारीको तुलनामा धेरैहदसम्म असहज रहने हुँदा डर्टी वर्कको रूपमा परिभाषित गर्ने गरिएको छ ।

जुन विषेश गरी नेपाली दिदीबहिनी तथा दाजुभाइको भागमा अत्यधिक मात्रामा पर्ने गरेको तथ्यहरूले औँल्याएको पाइन्छ । रोजगारीको सिलसिलामा मुलुक बाहिर परदेशमा रहँदा आततायीहरूको सिकारमा नेपालीहरू पर्ने क्रम निरन्तर रूपमा रही आएको छ । जसको दुखान्तः परिणाम इराक तथा अफगानिस्थानको घटनाक्रमलाई स्मरण गर्न सकिनेछ । वैदेशिक रोजगार नेपालीहरूको रहर नभई केवल वाध्यता मात्र हो । किनकि कहालीलाग्दो आर्थिक विपन्नताबाट राहत पाउनका लागि आजका युवा समूह पक्कै पनि बिदेसिएका हुन् । यदि लोकतान्त्रिक राज्य व्यवस्थाले मुलुकभित्रै रोजगारीका प्रशस्त अवसरहरू सिर्जना गरेको भए पक्कै पनि मातृभूमी छोडेर अन्यत्र विदेश पलायन कोही पनि हुने थिएनन् । यस हिसाबबाट अध्ययन गर्दा के निष्कर्ष निकाल्न सकिन्छ भने कुनै न कुनै रूपमा आततायी घटना गरिबी, द्वन्द्व एवं अर्थोपार्जनसँग सम्बन्धित रहेको छ । राज्यको विप्रेषणको अत्यधिक हिस्सा ओगटेको वैदेशिक रोजगारसँग आजका युवा पिँढीको जीवनमूल्य लगायत परिवत्र्य वैदेशिक मुद्रा आर्जनको दोहोरो सम्बन्ध स्थापित रहेको भेटिन्छ । तसर्थ मानव मूल्य नै केही हदसम्म विप्रेषणको प्रत्यक्ष वा अपत्यक्ष आधारस्तम्भ बन्न पुगेको तथ्यलाई अन्यथा लिन मिल्दैन ।

वैदेशिक रोजगारको गतिशीलतालाई क्रमबद्ध रूपमा न्यूनीकरण गर्दै स्वदेश भित्रै अल्पकालीन, मध्यकालीन एवं प्रकारले दीर्घकालिन योजना सहितको खाका तयार पार्नु लोकतान्त्रिक राज्य व्यवस्थाको प्रमुख दायित्व हो । जसको सकारात्मक परीणाम स्वरूप वैदेशिक रोजगारको सिलसिलामा हुन आउने नेपाली नागरिकको मृत्युदरमा पनि निश्चित रूपमा कमी आउनेछ । विशेषगरी विकसित मुलुकको दाजोमा नेपाललगायत दक्षिण एसियाका अधिंकाश मुलुकका नागरिकहरू वैदेशिक रोजगारको सिलसिलामा अत्यधिक ज्यान गुमाउने समूहमा रहेको पाइन्छ । जसको मूल कारक तत्वको रूपमा सम्बधित मुलुकको भाषाको ज्ञान नहुनुको अतिरिक्त कामको प्रवृत्तिअनुसार सीप विकासको अभावलाई लिन सकिन्छ । यसबाहेक केही हदसम्म रोजगार प्राप्त गर्ने मुलुकको मौसमको पूर्वजानकारी विना नै वैदेशिक दलालको उक्सावटमा लाग्ने प्रवृत्तिले अन्तमा दुःख बिसाउनुवाहेक अन्यथा केही पनि हात लाग्ने अवस्था रहँदैन ।

न्यून कमिसनको प्रलोभनमा रोजगार क्षेत्रका विचौलियले चक्रब्यूहमा पार्न सक्ने भएको हुँदा विशेष सावधानी अपनाउँदै कार्य गर्नुपर्ने हुन्छ । यसदेखिन विपरित अवस्था पैदा भए कर्जा वापत लिएको रकम तथा सुरक्षाको अभावमा मानव जीवनसमेत जोखिममा पर्न सक्नेछ । अतः वैदेशिक रोजगारीमा आवद्ध रहने समूहको बिमा, तलबका अतिरिक्त अन्य सेवासुविधालाई विषेश हेक्का राखी श्रममैत्री अवधारणा अनुरूपको व्यवस्थाले यस क्षेत्रमा रहेको मानव मृत्युदरमा न्यूनीकरण गर्नुको साथै सुरक्षाको प्रत्याभूति जनाउनेछ । प्रस्तुत तथ्यको अभावमा विदेशी भूमिमा नेपालीहरूको कारुणिक मृत्युको भयाभय अवस्था अभिवृद्धि हुने क्रममा कुनै प्रकारको कमी आउने छाँटकाँट देखिँदैन ।

किनकि निश्चित रूपमा श्रमिकको श्रममा आधारित रहँदै वैदेशिक रोेजगारीको तर्फबाट केही हदसम्म भए पनि बर्सेनि विप्रेषणका दरहरूमा अभिवृद्धि हँुदै राष्ट्र निमार्णमा अमूल्य छाप छोड्न सक्षम भएको तथ्यहरूले औँल्याएको छ । यसका बाबजुद् पनि महिनैपिच्छे काठका सुन्दर बन्द बाकसमा भित्रिने श्रमिकका लासहरूलाई कुनै पनि पक्षले अन्यथा लिन मिल्दैन । अतः यसै ब्यथाभित्र विप्रेषणको दरहरू कतिपय अवस्थामा जीवन्त रहँदै आएको छ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय