एकीकृत समाजवादी सिन्धुपाल्चोकका नेताले लिए सपथ

काठमाडौं । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकको जिल्ला कमिटी बिस्तार तथा सपथ ग्रहण भएको छ । सदरमुकाम बाह्रबिसेमा भएको एक कार्यक्रममा पार्टीका स्थायी समिती सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष साबित्रा भुसालले सपथ गराएकी हुन् । जिल्ला कमिटी बिस्तार कार्यक्रमलाई सम्बोधन गर्ने नेता भुसालले भनिन्, ‘एमाले अध्यक्ष केपी ओली माक्सवादी लेनिनवादी सिद्धानत विपरित गएकाले बिद्रोह गरी नेकपा एकीकृत समाजवादी बनाउन परेको हो ।’ उनले भनिन्, ‘ओलीमा विकास भएको व्यक्तिवादी चरित्रका कारण हामीले बिद्रोह गरेका हौँ ।’

कार्यक्रमको प्रमुख अतिथी रहेकी भूसालले भेलालाइ सम्बोधन गर्दे भनिन्, ‘कम्युनिस्ट पार्टीका नाममा पार्टीको घोषणापत्र विपरि ओली हिडदा आजको परिणाम आएको हो । कम्युनिस्ट पार्टीको अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारले जनताका पक्षमा काम गर्न नसकेको उनले आरोप लगाइन् । जनताका जनजीविकामा ध्यान दिनका सट्टा हस्यौली र ठट्यौंली भन्दै ओलीले सरकारी सम्पतीको सकाएको उनले बताइन् ।

भेलाले नवराज पौडेलको अध्यक्षतामा १५१ सदसीय जिल्ला कमीटी सर्वसम्बत चयन गरेको छ । कमिटीको उपाध्यक्ष रामजी थापा, सचिव विनोद खनाल, सहसचिव डिपी थापा, अनिता लामा, कुमार थकाली चयन गर्यो । भेलालाई पार्टी केन्द्रीय सदस्य चमिना भट्टराई, सोम सापकोटा, गम्भिरलाल श्रेष्ठ, सिंह बहादुर बिक, भागवती नेपाल लगाएतले सम्बोधन गरेका थिए । सोही भेलामा विभिन्न पार्टी परित्याग गरी २५ जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । नवप्रवेशीलाई प्रमुख अतिथी भूसालले अविर लगाएर स्वागत गरिन ।

प्रतिक्रिया