सिन्धुपाल्चोकमा माइक्रोबस दुर्घटना, १९ जना घाइते

चौतारा । सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् ।

घाइतेलाई काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

चौताराबाट काठमाडौं जाँदै गरेको बा २ ख २६१२ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना सकुशल रहेका छन् । दुर्घटनाको बारेका अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया