खोजखबर

गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिविको आंगिक क्याम्पस बनाउन नेता लेखकको माग

सौर्य अनलाइन २०७८ कार्तिक ११ गते १९:०७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले बैतडीको डिलासैनीमा रहेको गोकुलेश्वर कृषि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन माग गरेका छन् । नेता लेखकको नेतृत्वमा गोकुलेश्वर क्याम्पसका व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको टोलिले प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष सो माग गरेको हो ।

भेटका क्रममा नेता लेखकले सुदुर पश्चिमको दुर्गम क्षेत्र बैतडीमा सामुदायिक रुपमा स्थापित पहिलो कृषि क्याम्पस भएकोले आंगिक क्याम्पस बनाउन सके त्यस क्षेत्रका गरिव र बिपन्न छात्र छात्राहरुले सहज रुपमा प्राबिधिक शिक्षा पढन पाउने बताएका थिए ।

जबाफमा प्रधानमन्त्री देउवाले बर्तमान सरकारले दुर्गम क्षेत्रमा शिक्षा, स्वास्थ्य लगायत प्राबिधिक शिक्षालाय स्थापना गर्ने कार्यक्रम प्राथमिकतामा रहेको बताउदै गोकुलेश्वर कृषि क्याम्पसलाई आंगिक क्याम्पस बनाउन कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाए ।

नेता लेखक नेतृत्वको प्रतिनिधि मण्डलमा नेपाली कांग्रेस बैतडीका पूर्व सभापति शिबराज भट्ट, क्याम्पस प्रमुख प्रमानन्द जोशी, क्याम्पस ब्यवस्थापन समितिका संस्थापक अध्यक्ष नवराज पाण्डे , नेबिसंघका पूर्व केन्द्रीय सदस्य जनक भट्ट, नेपाली कांग्रेस डिलासैनी गाँउपालिकाका सभापति जयानन्द जोशी, स्वबियु सभापति राजेन्द्र बम, सेठीगाँउ क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रप्रसाद जोशी लगायत सहभागीता रहेको थियो ।

बिस २०६७ मा त्रिविबाट सम्बन्धन प्राप्त गोकुलेश्वर कृषि क्याम्पसको उद्घाटन २०६९ सालमा बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । हाल क्याम्पसमा १७१ जना विद्यार्थी अध्ययनरत छन ।
भेटकै क्रममा गोकुलेश्वरमा नै रहेको सेठीगाउ क्याम्पसलाई पनि सुदुर पश्चिम् विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन प्रतिनिधि मण्डलले माग गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय