वाणिज्य महासंघद्वारा विद्युत महशुल दर घटाउने निर्णयको स्वागत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क सम्बन्धमा विद्युत नियमन आयोगको निर्णयको स्वागत गरेको छ ।

विद्युत् महसुल दर घटेसँगै कोरोना महामारीका कारण संकटमा रहेका उद्योग व्यवसायलाई थप राहत पुग्ने महासंघले जनाएको छ । महासंघले विद्युत् डिमाण्ड शुल्क वृद्धि नगर्न अनुरोध गर्दै आएको थियो ।

डिमाण्ड शुल्क वृद्धि नगर्ने निर्णयबाट निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै महासंघले यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री, मन्त्रालयका अधिकारी, विद्युत नियमन आयोग र विद्युत् प्राधिकरणलाई धन्यवाद दिएको छ ।

‘यो निर्णयबाट आर्थिक गतिविधि विस्तारमा केहीमात्रा भएपनि सहयोग पुग्ने हाम्रो विश्वास छ’, महासंघले भनेको छ, ‘विद्युत खपत बढाउन औद्योगिक ग्राहकका लागि महशुुल अझ सस्तो हुुनुुपर्ने र यसले प्रतिस्पर्धी बजार सिर्जना र व्यापार घाटा न्यूनिकरणमा समेत सहयोग पुग्ने छ ।’

प्रतिक्रिया