जलवायु परिवर्तनबाट सृजित समस्या समाधान गर्न राष्ट्रपति सीको आग्रह

बेइजिङ । चीनले मानवजातिको साझा चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न र त्यसका निम्ति देशले अङ्गीकार गरेको नीति, कार्यक्रम र प्रगतिलाई अभिलेखीकरण गर्दै आफ्नो अनुभव र दृष्टिकोणलाई बाँकी विश्वसँग आदानप्रदान गर्न श्वेतपत्र जारी गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्ने विषयमा थुप्रै विषयमा विश्वव्यापी कदम चाल्न आह्वान गरेका छन् । राष्ट्रपति सीको सम्बोधनका मुख्य बँदाहरू यस प्रकार छन् ।

‘यदि मानवले प्रकृतिलाई अहित गर्दैन भने, प्रकृतिले हामीलाई अहित गर्दैन । चीनले २०३० अघि कार्बनडाइअक्साइड उत्सर्जनको उच्चतम स्तर र २०६० अघि कार्बन तटस्थता लक्ष्य हाँसिल गर्ने प्रयास गर्नेछ। यसका लागि ठूलो परिश्रम आवश्यक छ, र हामी यी लक्ष्यहरू पूरा गर्न हरसम्भव प्रयास गर्नेछौं ।

चीनले आफ्नो औद्योगिक संरचना र ऊर्जा मिश्रणलाई पुनः समायोजन गर्न जारी राख्नेछ, नवीकरणीय ऊर्जाको तीव्र विकास गर्नेछ र बलौटे क्षेत्रहरू, चट्टानी क्षेत्रहरू र मरुभूमिहरूमा ठूला वायु शक्ति र फोटोभोल्टिक आधारहरूको योजना र विकासमा द्रुत प्रगति गर्नेछ । चीनले अन्य विकासोन्मुख देशहरूलाई हरित र कम कार्बन ऊर्जाको विकास गर्न सहयोग बढाउनेछ र विदेशमा कोइलाबाट चल्ने नयाँ ऊर्जा परियोजनाहरू निर्माण गर्ने छैन ।

हामीले विश्वव्यापी वातावरणीय शासन सुधार गर्न, जलवायु परिवर्तनलाई सक्रिय रूपमा प्रतिक्रिया दिन र मानव र प्रकृतिका लागि जीवन्त समुदाय सृजना गर्न आवश्यक छ। हामीले हरित र न्यून कार्बन अर्थतन्त्रमा संक्रमणलाई गति दिन र हरित पुनःप्राप्ति र विकास हाँसिल गर्न आवश्यक छ । हामीले हरित अन्तरराष्ट्रिय सहयोगलाई पनि अगाडि बढाउनुपर्छ र हरित विकासका फलहरू सबै देशहरूबीच बाँडफाँड गर्नुपर्छ ।

जलवायु परिवर्तन चुनौतीको सामना गर्न कोही पनि अछुतो रहन सक्दैन र एकपक्षीयताले हामीलाई कतै पुग्न सक्दैन। सँगै मिलेर मात्र हामीले जलवायु परिवर्तन, समुद्री प्रदूषण, जैविक संरक्षण र अन्य विश्वव्यापी वातावरणीय समस्याहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न र दिगो विकासका लागि संयुक्त राष्ट्रसंघको २०३० को लक्ष्य हाँसिल गर्न सक्छौं ।’

प्रतिक्रिया