गैंडाकोट, गोदावरी र धनगढीको जित

काठमाडौं । गैंडाकोट नगरपालिका, गोदावरी नगरपालिका कैलाली र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट २०७८ अन्तर्गत बुधबारको खेलमा जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा गैंडाकोटले समूह एफको खेलमा हेटौंडा उपमहानगरपालिकालाई १–० ले पराजित ग¥यो । हेतौन्दाको जितमा एकमात्र गोल ऋतु तामाङले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् । यस समूहमा अब तुलसीपुर नगरपालिकाले हेटौंडा र गैंडाकोटसँग खेल्नेछ ।

दिनको दोस्रो खेलमा समूह जी अन्तर्गत गोदावरी नगरपालिका कैलालीले पोखरा महानगरपालिकालाई ६–० ले पराजित ग¥यो । गोदावरीको जितमा सबै ६ गोल विभागीय खेलाडीले गरेका थिए । शर्मिला थापाले ह्याट्रिक पूरा गर्दा विमला चौधरीले २ तथा हेमा चौधरीले १ गोल गरिन् । यस समूहमा वीरेन्द्रनगर नगरपालिका पनि रहेको छ ।

दिनको अन्तिम खेलमा समूह एचको धनगढी उपमहानगरपालिकाले धनकुटा नगरपालिकामाथि ५–० को जित दर्ता ग¥यो । धनगढीको जितमा रेखा पौडेलले ह्याट्रिक पूरा गर्दा चन्द्रा भण्डारी र सिमा रावलले १–१ गोल गरे । यस समूहमा अर्को टोली गोकर्णेश्वर नगरपालिका रहेको छ ।
प्रतियोगिताको समूह ए देखि डीसम्मका खेल सम्पन्न भइसकेका छन् । कन्काई नगरपालिका झापा, ललितपुर उपमहानगरपालिका, बाँसगढी नगरपालिका बर्दिया र शिबसताक्षी नगरपालिका झापाले नकआउट चरणमा स्थान बनाएका छन् । कुल ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया