यमको नयाँ गीत

काठमाडौं । गायक यम बरालको आवाज रहेको नयाँ गीत ‘खुसीको गीत’ भिडियोसहित सार्वजनिक भएको छ । वीरेन्द्रकुमार बलामीको शब्द तथा राजकुमार बगरको संगीत रहेको गीतमा कमल सौरागको संगीत संयोजन छ । सार्वजनिक गीतको भिडियो निर्देशन कुमार आचार्यले गरेका हुन् । पछिल्लो समय टेलिशृंखला, वेबसिरिज तथा तथा म्युजिक भिडियोमा समेत सक्रिय आचार्यले केही निर्देशनसमेत निर्देशन गरेका छन् । रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्रीको अभिनय समेटिएको भिडियोमा अमृत पाण्डेको छायांकन र विशाल बिसीको सम्पादन छ ।

प्रतिक्रिया