नेपाल बारले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं । नेपाल बार एसोसियसनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। बारका महासचिव लीलामणि पौडेलले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको जानकारी दिए । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए ९० ओटा इकाइमार्फत आन्दोलन गर्ने निर्णय गरेको छ । राजीनामा नदिए कालोपट्टी बाँधेर आन्दोलन थाल्ने र निकास ननिस्किए बेन्च बहिष्कार गर्नेसम्मको आन्दोलन गर्ने बारले जनाएको छ ।

न्यायपालिकालाई राजनीतिक हस्तक्षपमुक्त बनाउनुपर्ने बारको सुझाव छ । बारले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले तत्काल राजीनामा दिनुपर्ने माग गर्ने निर्णय गरेको छ । न्यायाधीशहरुलाई समेत विश्वासमा लिन नसकेको बारले निष्कर्ष निकालेको छ । मंगलबार बसेको बारको बैठकमा उपस्थित अधिकांशले जबराविरुद्ध आन्दोलनमा जाने निष्कर्श निकालेका थिए ।

बैठकमा सहभागी बारका पदाधिकारी र सल्लाहकार समितिका सदस्यसहित ३६ मध्ये ३५ जनाले आन्दोलनमा जाने धारणा राखेका थिए । जबरा पदमा रहुन्जेलसम्म बहस गर्न समेत नजाने बारको निष्कर्श छ ।

प्रतिक्रिया