शिखर इन्स्योरेन्सको बीमा दाबी कार्यक्रम

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ‘बीमा दाबी व्यवस्थापन सरलिकरण तथा सहजिकरण’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दाबी प्रक्रियालाई सरल, छिटो छरितो तवरले दाबी फछ्र्यौट गरी आम जनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वःस्फुर्त रुपमा बीमा साक्षरता समेत वृद्धि हुने उदेश्यले उक्त अन्तरक्रिया कार्यक्रम संचालन गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा बीमा समितिको तर्फबाट भने उप–निर्देशक विरोध भट्टको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया