पर्साकाे छिपहरमाईमा एमालेको ७५ सदस्यीय कमिटी सर्वसम्मत

पर्सा । नेकपा एमालेको छिपहरमाई गाउँपालिका स्तरिय भेला सम्पन्न भएको छ । एमालेको गाउँपालिका स्तरिय भेला बाट नेकपा एमाले छिपहरमाई गाउँपालिका अधयक्ष प्रलाद प्रसाद गुप्ता को अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चयन गरिएको छ ।

गाउँपालिका कमिटीको उपाध्यक्षमा किशोरी साह कानु र कमल दास तत्वा, सचिवमा मकबुल मियाँ गदी , सह सचिवमा ब्रहम्देव यादव लगायत ५० जना पुरुष र २५ जना महिला सहित ७५ जना चयन भएका छन् ।

नेकपा एमाले छिपहरमाई गाउँपालिका स्तरिय भेला नेकपा एमालेका जिल्ला सचिव एवं गापा अधयक्ष मनोजकुमार गुप्ताको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला सदस्य हरेन्द्र पासवान, समसुल मियाँ , वडाअधयक्ष मौजीलाल साह, महेन्द्र साह कलवार, लालबहादुर यादव, लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया