महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक, मूल्य कति ?

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ ।

दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारीका लागि बुकिङ सुरु भएको कम्पनीले जनाएको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोले पेट्रोल अटोको तुलनामा वार्षिक दुई लाख रुपैयाँ बराबर बचत गर्ने कम्पनीको दाबी छ ।

प्रतिक्रिया