खोजखबर

प्रधानन्यायाधीशबारे हामीलाई चिन्ता छ : पौडेल

सौर्य अनलाइन २०७८ कार्तिक ९ गते १८:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीशबारे आफूहरुलाई चिन्ता रहेको बताएका छन् । उनले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको पनि बताए । मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग बोल्दै नेता पौडेलले न्यायलयमा बनेको असहज परस्थिती चिन्ताजनक भएको बताउँदै आफूहरुले राजनीतिक हस्तक्षेप गर्न नचाहेको पनि बताए । उनले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ । न्यायलयमा जुन किसिमको असहज परिस्थिती बनेको छ त्यो न्यायलयको आन्तरिक मामिला हो । हामीले राजनीतिक हस्तक्षेप गर्न चाहेको हैन । तर यो चिन्ताजनक हो ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय