सेयर बजारमा हरियाली, परिसूचक ८७.६३ अंकले बढ्याे

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो समय दिनहुँजसो घटिरहेको बजारमा लामो समयपछि हरियाली देखिएको हो । बजारमा हरियाली छाएसँगै लगानीकर्ताहरु उत्साहित भएका छन् । आज कारोबार रकम र र परिसूचक दुवै बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको छ । आज नेप्से ३.३९ प्रतिशतले बढेको हो । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.६१ अंकले बढेर ५०४.५७ बिन्दुमा पुगेको छ ।

कुल २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार कुल १३ वटा उपसमूहमा १३ वटै समूहको सेयर मूल्य बढेको छ । यो दिन फाइनान्स र हाइड्रोपावर समूहको सेयरमूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूहको सेयर मूल्य ७.८१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको सेयरमूल्य ७.५७ प्रतिशतले बढेको छ ।

आज १८ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै ११ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया