बिश्वकै सर्वश्रेष्ठ रोजगारदाता कम्पनिको पहिलो नम्वरमा सामसङ

काठमाडौं । बिश्वका सर्वश्रेष्ठ रोजगारदाता कम्पनिको सूचिको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ । बिश्व प्रसिद्ध पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार छनौटमा परेका ७ सय ५० कम्पनिलाई उछिन्दै दक्षिण कोरियाली कम्पनि सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्वरमा उभ्याउन सफल भएको हो । छनौटमा परेका विभिन्न ७ सय ५० कम्पनि मध्ये शीर्ष २० कम्पनिहरुको प्रतिष्पर्धामा सामसङ अगाडि आउन सफल भएको हो । फोब्र्सले बर्षेनी सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनि सामसङले बर्षेनी आफ्नो अग्र स्थान कायम गर्दै आइरहेको छ ।

फोब्र्सको छनौटमा परेका शीर्ष २० कम्पनिहरुमा सामसङपछि दोस्रो स्थान आइवीएमले लिन सफल भएको छ । यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमाजोन, एप्पल, अल्फावेट, डेल, हुवावे, एडोव, विएमडब्लु, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरवस, डा.वेइटेकर, डेसल्ट र डेल्टा कम्पनि परेका छन् । कोरोना महामारिका कारण बिश्व बजार नै अप्ठ्यारोमा परेका वेला समेत सामसङले आफूलाई बिश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनिको सूचिको पहिलो नम्वरमा राख्न सक्नुलाई महत्वका साथ हेरिएको छ । नेपालमा पनि दक्षिण कोरियाली इलेक्टङोनिक्स कम्पनि सामसङको महत्वपूर्ण हिस्सा रहेको छ । पछिल्लो समयमा यसका प्रयोगकर्ता झनै बढ्दै गएका छन् ।

प्रतिक्रिया