युनाइटेडमाथि लिभरपुलको सानदार जित

काठमाडौं । प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडमाथि सानदार जित निकालेको छ । प्रिमियर लिग फुटबलको उपाधि दाबेदार लिभरपुलले आइतबार रातिको खेलमा युनाइटेडमाथि ५–० गोल अन्तरको जित निकालेको हो । लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडमाथि सहज जित निकालेको हो । युनाइटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक पूरा गरे । त्यस्तै नेबी केइटा र डिएगो जोटाले एक-एक गोल गरे । खेलको पाँचौ मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १३औँ मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

३८औँ मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३–० को बनाए । पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए । ५०औँ मिनेटमा सलाहले ह्याट्रिकसँगै लिभरपुले ५–० को जित निकाल्यो ५८औँ मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि मान्यता पाएन । भीएआरको सहायतामा गोल गर्नुअघि रोनाल्डो अफसाइड देखिएका थिए । यस्तै, खेलको ६०औँ मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुलले ९ खेलमा २१ अङ्क जोडेको छ । युनाइटेड १४ अङ्क जोडेर सातौ स्थानमा छ । युनाइटेड पछिल्लो समय प्रिमियर लिगमा कमजोर बनिरहेको छ ।

प्रतिक्रिया