जेलमा आर्यनको साथी पुस्तक

मुम्बई । लागुऔषधसम्बन्धी मुद्दामा जेलमा रहेका आर्यन खानको ‘मेडिकल हिस्ट्री’ बुझाइएको छ । बलिउड अभिनेता शाहरूख खानकी म्यानेजर पूजा ददलानीले शनिबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)लाई आर्यनको मेडिकल हिस्ट्री र अरू केही कागजात बुझाएकी हुन् । एनसीबीको मागपछि म्यानेजर ददलानीले ती कागजातहरू बुझाएकी हुन् ।

पछिल्लो २१–२२ दिनदेखि जेलमा रहेका आर्यनको साथी अहिले पुस्तक भएको छ । नवभारत टाइम्सका अनुसार जेलमा आर्यनको दिनचर्या पुस्तक पढेर बितिरहेको छ । उनले जेलको लाइब्रेरीबाट दुईवटा किताब लिएका छन् । जसमध्ये आर्यन अहिले राम–सीतामा आधारित किताब पढिरहेका छन् ।

आर्यन खान र अरू सात आरोपितहरू अहिले न्यायिक हिरासतमा छन् । मुम्बई सेसन कोर्टले आर्यनसहित अरू सात आरोपितहरूको न्यायिक हिरासत अक्टोबर ३० सम्म बढाएको छ । आर्यनको जमानतका लागि बम्बे उच्च अदालतमा निवेदन पेस गरिएको छ, जसको सुनुवाइ अक्टोबर २६ मा हुँदै छ ।

प्रतिक्रिया