अमेरिकाद्वारा नेपाललाई अनुदानमा एक लाख डोज खोप दिने घोषणा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६२० मात्रा फाइजर खोप अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

‘सम्भवतः उक्त खोप सोमबार नेपाल आइपुग्नेछ’, यहाँस्थित अमेरिकी दूतावासले केहीबरेअघि ट्वीट गर्दै भनेको छ । यसअघि गत असारमा पनि अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया