गुडिरहेको यात्रुबाहक बसमा अचानक आगलागी

काठमाडाैं । धादिङको गजुरी बजारमा गुडिरहेको यात्रुबसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौंका लागि छुटेको ना६ख १४७१ नम्बरको बसमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बस ३६ जना यात्रु लिएर सुर्खेतबाट आएको थियो । बसका यात्रु सकुशल रहेका छन् ।

बस र बसमा रहेको सामान भने जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बसमा के कारणले आगलागी भयो भन्ने कारण खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया