अमेरिकामा गोल्डस्टार ब्रान्ड

काठमाडौं । अमेरिकामा नेपाली गोल्डस्टार जुत्ता पाइने भएको छ । अमेरिकामा बजार विस्तारका क्रममा रहेको गोल्डस्टार जुत्ता एक विशेष समारोहका बीच टेक्सासमा रहेका नेपाली समुदायबीच प्रस्तुत गरिएको छ । किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष अमीरप्रताप राणा, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा, गोल्डस्टारको अमेरिकाका लागि अधिकृत बिक्रेता आम्भी ग्लोबलका अध्यक्ष समीर महर्जनलगायतको उपस्थितिमा, अन्तर्राष्ट्रिय नेपाली उद्यमी महासंघ अमेरिकाको आयोजनामा भएको कार्यक्रमका बीच टेक्सासको डालासबाट त्यहाँ रहेका नेपाली समुदायलाई लक्षित गर्दै जुत्ता सार्वजनिक गरिएको महासंघका उपाध्यक्ष प्रकाश थापाले बताएका हुन ।

किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष राणाले सगरमाथाको देशमा डिजाइन तथा उत्पादन भएका स्तरीय तथा आकर्षक जुत्ताहरू अमेरिकामा रहेका नेपाली समुदायका साथै अन्तर्राष्ट्रिय उपभोक्ता समक्ष प्रस्तुत गर्न पाउनु गर्वको विषय भएको बताएका थिए । गोल्डस्टार जुत्ता नेपाल तथा भारतमा पनि सबै उमेर समुहका उपभोक्ता माझ एक महत्वपूर्ण ब्रान्डका रूपमा स्थापित भइसकेको छ ।

प्रतिक्रिया