कृषि बैंकको सेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । कृषि विकास बैंकले डिबेन्चर रजिस्ट्रारमा एनआर्ईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्कासन गर्नका लागि डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको हो । बैंकले ८ वर्षे अवधिको ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रूपैयाँ बराबरको कृषि ऋणपत्रका लागि डिबेन्चर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।

सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट वित्त अधिकृत प्रेमकुमार श्रेष्ठ र वरिष्ठ शाखा प्रमुख उमेश पन्जियार र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचीन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् । कृषि क्षेत्रमा लगानी गरी दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र निष्कासन गर्न लागेको बताएको छ । बैंकले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र उक्त ऋणपत्र निष्कासन गर्नेछ ।

प्रतिक्रिया