रोहित तिमिल्सिनाद्वारा फेरि विश्व कीर्तिमान

डिसी । विश्वकै सम्राट राज्य अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली विश्व कीर्तिमानी रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान गरेका छन् । उनले गत सेप्टेम्बर १९ का दिन अमेरिकाको सियाटल वाशिङ्टनमा उक्त कीर्तिमान कायम गर्न सफल भएका हुन् । त्यो समयमा उनले कीर्तिमान गरेता पनि हालसालै उनले उक्त प्रमाणपत्र र पदक प्राप्त गरेका हुन् । उनले उक्त कीर्तिमान विश्व भरमा २४हजार ५२३ जना एकै पटक भर्चुअल(परोक्ष अथवा अप्रत्यक्ष) मार्फत आयोजना गरिएको १० किमी दौडमा पनि सहभागी भइ उनले विश्व कीर्तिमान हात पार्न सफल भए ।

उनी खेलकुदमा अत्यन्तै अभिरुचि राख्ने र स्वयम् खेलाडी पनि हुन् । यस क्षेत्रमा उनी विगत २० वर्षदेखि होमिएका हुन् भने विगतमा उनले विभिन्न विधामा बिश्व कीर्तिमान गरेका छन् । विश्व कीर्तिमानी रोहितले नेपालमा बिश्व कीर्तिमान राख्न चाहना राख्ने र त्यस्ता व्यक्तिहरुलाई बिश्व कीर्तिमान बन्नलाई प्रोत्साहन र सहयोग गर्दै आएका छन् ।

उनले नेपाल र अन्तराष्ट्रिय जगतमा नेपालीहरुले विश्व कीर्तिमान गरेको सुन्दा नेपाली भएको नाताले अत्यन्तै गर्व लाग्ने बताए । साथै उनले विश्वमा असम्भव भनेको केही नभएकोले नेपालीहरुले आफ्नो देश र नेपालीको नाम राख्न निरन्तर कोसिस गर्दा सफलता हासिल गर्न सकिने बताए ।

प्रतिक्रिया