१४औँ गोदावरी पुष्प मेला आयोजना गर्दै फ्यान

काठमाडौं । फ्लोरीकल्चर एशोसियसन नेपालको आयोजनामा १४औँ गोदावरी पुष्प मेला हुने भएको छ । तिहार लक्षित हुँदै आएको गत वर्ष कोरोनाको कारण हुन सकेको थिएन् । फूल क्षेत्रको मुख्य पर्व जस्तै मानिएको मेला यसवर्ष मेला आयोजना गर्न लागेको फ्लोरीकल्चर एशोसियसन नेपाल अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

अध्यक्ष तामाङका अनुसार मेला कात्तिक १२ गतेदेखि १५ गतेसम्म ललितपुरको जावलाखेलमा आयोजना हुनेछ । प्रदर्शनीमा प्रवेश गर्न एकसय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क लाग्ने छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने नारा रहेको प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्द्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया