हिरो मोटोकर्पले ल्यायो ‘कनेक्ट’ माएस्ट्रो एज ११०

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ । ‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकहरूका लागि उपयुक्त डिजाइन छ । यस स्कुटरले युवाहरूलाई ध्यानमा राख्दै उन्नत सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको छ ।

नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसन सहित नयाँ शार्पर डिजाइन छ । माएस्ट्रो एज रु.२,१५,००० को आकर्षक मूल्यमा देशभर उपलब्ध हुनेछ ।

हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले भने, ‘ग्राहकलाई केन्द्रविन्दुमा राखेर नेपालमा हामी ग्राहकहरूलाई नवीनतम प्रविधि र डिजाइनसहितको बढी सान्दर्भिक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं । नयाँ माएस्ट्रो एज ११० ले युवाहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिज्ञासँग मेल राख्छ । हामी नेपालमा अझ बढी रोमान्चक उत्पादनहरू भित्र्याइ रहनेछौं र यहाँका ग्राहकहरूलाई हिरो मोटोकर्पको विश्वस्तरीय उत्पादन तथा सेवाहरू उपलब्ध गराइ रहने छौ ।’

नेपालमा हिरो मोटोकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) छ र यस कम्पनीले ७५ डिलरहरू, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटहरू सहित देशभरका ९० वटा बिक्री केन्द्र मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ । नेपालमा हिरो मोटोकर्पको बिक्री दायरामा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सपल्स २००, एक्सपल्स २०० टी मोटरसाइकल र प्लेजर+ प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कुटर रहेका छन् ।

माएस्ट्रो एज ११०

नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रूपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटि सहित प्राविधिक रूपमा उन्नत सुविधाहरू सामूहिक रुपमा उपलब्ध गराउँछ । यसमा टर्न–बाइ–टर्न नेभिगेसन छ जसले सवारी चलाएर अगाडिबढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्छ । i3s स्टार्ट स्टप सिस्टम ले इन्धन बचत गर्न मद्दत गर्दछ भने ग्राहकको सुविधा को लागी बाहिर बाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।

डिजाइन
नयाँ माएस्ट्रो एज ११० मा नयाँ आकर्षक स्लीकर डिजाइन भएको र वर्गमा पहिलो पटक शक्तिशाली एलईडी प्रोजेक्टर हेड लाइट रहेको छ । स्कुटरको अगाडिको भाग तिखो बनाइएको छ र यो स्कुटर दुई रङ्गमा आउँछ – म्याट रातो र नीलो ।

इन्जिन
नयाँ माएस्ट्रो एज ११० बिएसफोर अनुरूपको ११० सीसी इन्जिनद्वारा सञ्चालित छ जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली ऊर्जा प्रदान गर्छ, जुन अधिकमत ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्न सक्षम छ ।

प्रतिक्रिया