नेकपाको निरन्तरताको रुपमा एमाले स्थापित भयाे : शंकर पोखरेल

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व मुख्यमन्त्री शंकर पोखरेलले विधान महाधिवेशनबाट एमाले नेकपाको निरन्तरताको रुपमा स्थापित भएको दाबी गरेका छन् । सामाजिक संजाल फेसबुकमार्फत उनले एमाले नेकपाको निरन्तरताको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा स्थापित भएको उल्लेख गरेका हुन् । उनले माओवादी आन्दोलनका सकारात्मक प्रवृत्तिको सहकार्यबाट आजको नेकपा (एमाले) थप सबल र सुदृढ बन्ने दिशामा अग्रसर रहेको धारणा राखेका छन् ।

उनले भनेका छन :

”प्रथम विधान महाधिवेशनको ऐतिहासिक सफलता पश्चात नेकपा(एमाले) वैचारिक,राजनीतिक र संगठनात्मक रुपमा व्यवस्थित हुने प्रकृयामा छ । महाधिवेशनवाट दक्षिणपंथी अवसरवाद र संगठनात्मक अराजकताका विरुद्धको संघर्षमा सफलता हासिल गरेर पार्टीलाई एकतावद्ध र सुदृढ वनाउदै जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने योजनाका साथ नेकपा(एमाले) नयाँ उर्जा र गतिका साथ अघि वढिरहेको छ ।
परमादेशको वाटोवाट नेकपा(एमाले) नेतृत्वको सरकार परिवर्तन र षडयन्त्रपूर्ण अध्यादेशको माध्यमवाट नेकपा(एमाले)लाई विभाजन गरेर कमजोर बनाउने सत्ता गठवन्धनको प्रयास विधान महाधिवेशको भव्य आयोजना र सफलताले असफल बन्न पुगेको छ । विधान महाधिवेशनले नेकपाको समय देखिको पार्टी भित्रको अन्तरसंघर्षमा अध्यक्ष केपीशर्मा ओलीको नेतृत्वमा पार्टीले लिदै आएको अडान र पहलकदमीलाई अनुमोदन गरिदिएको छ ।
यस विधान महाधिवेशनवाट नेकपा(एमाले) नेकपाको निरन्तरताको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनको मुलधारका रुपमा स्थापित भएकोछ । झापा आन्दोलनको क्रान्तिकारी स्प्रिटमा निर्माण भएको, व्यवस्थित संगठन संरचना र जनपक्षिय कार्यशैली भएको नेकपा(एमाले) र सशस्त्र आन्दोलनको क्रममा विकास भएको वलिदानी भावनाको जगमा निर्माण भएको माओवादी आन्दोलनका सकारात्मक प्रवृत्तिको सहकार्यवाट आजको नेकपा(एमाले) थप सबल र सुदृढ वन्ने दिशामा अग्रसर छ ।
ऐतिहासिक विधान महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा, संगठनात्मक प्रस्ताव र नयाँ वैधानिक व्यवस्था अनुसार नेकपा(एमाले) संगठनात्मक रुपमा पुनर्गठितहुने प्रकृयामा अघि वढ्दैछ । यस अनुसार यही कार्तिक ६ गते वडा अधिवेशन र कार्तिक ९ गते पालिका अधिवेशनको आयोजना एकैसाथ गरिदैछ । वेमौसमी वर्षातसंगै आएको वाढि, पैरो र डुवानको समस्याका कारणले कतिपय ठाउमा उक्त कार्यतालिकामा केही फेरवदल हुने अवस्था छ । तर पनि मंसिरमा तोकिएको राष्ट्रिय महाधिवेशनको आयोजनामा असर नपर्नेगरी महाधिवेशन अगाडी सबै वडा र पालिका अधिवेशन सम्पन्न गरिने छ । यसवाट नेकपा(एमाले) विगतको तुलनामा सशक्त हुने निश्चित छ ।
नयाँ सम्वैधानिक व्यवस्थाको र हाम्रो आफ्नो आन्दोलनको समेत फाउण्डेसनका रुपमा रहेका वडा र पालिका अधिवेशनको सफल आयोजना हरेक हिसावले महत्वपूर्ण छ । यस अघिवेशनको सफल आयोजना र सफलताले नेकपा(एमाले) निकट भविष्यमा हुने तीनै तहका निर्वाचनमा पहिलो पार्टीका रुपमा सहजै स्थापित हुनेछ । तसर्थ म पार्टीका सम्पूर्ण कमरेडहरुलाई वडा र पालिका अधिवेशनको महाअभियानमा उत्साहपूर्वक जुट्न हार्दिक अनुरोध गर्दछु ।” https://www.facebook.com/shankar.pokhrel.946

प्रतिक्रिया