‘बुलाकी’ मा नरेनको जोडी सुरक्षा

काठमाडौं । चलचित्र ‘बुलाकी’ मा अभिनेता नरेन खड्काको जोडीको रुपमा अभिनेत्री सुरक्षा पन्त रहने भएकी छन् । लक्ष्मण सुनारले निर्देशन गर्ने यस चलचि कात्तिक दोस्रो साताबाट छायांकन जाने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । सामाजिक कथामा बन्ने यो चलचित्र मोती बिष्ट र गोपाल बिष्टले बनाउन लागेका हुन् ।

चलचित्रमा नरेन र सुरक्षासँगै अभिनेता विराज बिष्ट, प्रेमदेव गिरी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, अप्सना थापा, सरस्वती खत्री लगायतका कलाकारको भूमिका रहने जनाइएको छ । डोल्पाका विभिन्न स्थानमा छायांकन हुने जनाइएको छ ।

चलचित्र ‘जारी प्रथा’ को विषयमा बन्ने निर्माण पक्षले जनाएको छ । जारी भन्नाले अर्काकी श्रीमती बिहे गरेपछि पहिलो श्रीमानलाई दोस्रो श्रीमान्ले तिर्नुपर्ने क्षतिपूर्तिलाई बुझिन्छ । नेपालका केही विकट स्थानमा यो प्रथा अझै पनि कायम छ । मेक्सिकोमा समेत खिचिने यो चलचित्रको छायांकन शिव ढकालले गदैछन् ।

प्रतिक्रिया