अफगानिस्तानले वेस्टइन्डिजलाई हरायो

लण्डन । कप्तान मोहम्मद नाबीको घातक बलिङसँगै अफगानिस्तानले आइसिसी टि२० विश्वकप अघि वार्मअप खेलमा साविक विजेता वेस्टइन्डिजलाई ५६ रनले पराजित गरेको छ । जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । सुपर १२ को समूह बीमा रहेको अफगानिस्तानले पहिलो खेल मंगलबार पहिलो चरणको समूह विजेतासँग खेल्नेछ । सुपर १२ को समूह ए मा रहेको वेस्टइन्डिजले शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । श्रीलंका २ खेलमा २ मानै जितका साथ सुपर १२ मा स्थान पक्का गरेको छ । समान २ खेलमा २ अंकका साथ आयरल्यान्ड दोस्रो र नमिबिया तेस्रो स्थानमा छन् । आयरल्यान्ड र नामिबियाबीच शुक्रबार खेल हुनेछ । विजेता टोली सुपर १२ मा पुग्नेछन् । नेदरल्यान्ड्स दुबै खेलमा हारका साथ बाहिरि सकेको छ ।

समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । पहिलो चरणको समूह बीमा रहेको स्कटल्यान्ड २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । ओमान २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हार सहित २ अंकका साथ नेटरनरेटको आधारमा तेस्रो स्थानमा छ । पपुवा न्युगिनी सुरुवाती दुई दुबै खेलमा हारका साथ बाहिरी सकेको छ ।

पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् ।

प्रतिक्रिया