उत्तराखण्डमा वर्षाका कारण ४७ को मृत्यु

कुमाउ । उत्तराखण्डको कुमाउ क्षेत्रमा मंगलबार भारी वर्षामा कारण ४२ जनाको मृत्यु भएको खबर छ । यसका साथै वर्षाका कारण निम्तिएको विपत्मा परी ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले चारधाम यात्रीलाई आफू भएकै स्थानमा बसिरहन आग्रह गरे । उनले मौसममा सुधार हुनुभन्दा अघि यात्रा सुरु नगर्न अपिल पनि गरे ।

अधिकारीका अनुसार खराब मौसम हुँदाहुँदै पनि नैनितालसँग सम्पर्क बहाल गरिएको छ ।डीआईजी निलेश आनन्द भरनेले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार कुमाऊ क्षेत्रमा मात्रै मृत्यु हुनेको संख्या ४० पार भएको छ ।

अधिकारीले दिएको जानकारी अनुसार नैनीताल जिल्लामा २८, अल्मोडा र चम्पावतमा ६–६, पिथौरागढ र उधम सिंह नगर जिल्लामा एक–एक जना मारिएका छन् । उत्तराखण्डको मुख्यमन्त्री पुष्कर सिंह धामीले वर्षाबाट प्रभावित इलाकाको हवाई सर्वेक्षण गर्दै प्रभावितसँग कुराकानी पनि गरे ।

प्रतिक्रिया