खाेपकार्डमा फोटो राख्दा मोदीलाई मुद्दा

केरला । कोरोनाविरुद्धको खोप प्रमाणपत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखिएको विषयमा परेको मुद्दाबारे आगामी साता केरला हाइकोर्टमा सुनुवाइ हुँदैछ । पीटर नामका एक व्यक्तिले खोप प्रमाणपत्रमा मोदीको तस्वीर राखिएकोमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । मोदीको तस्वीर नभएको खोप प्रमाणपत्र उपलब्ध गराउन माग गर्दै उनले नेका छन् –मोदीको तस्वीर अंकित खोप प्रमाणपत्रले आफ्नो मौलिक अधिकारको हनन् भयो ।

मोदीविरुद्ध रिद दायर गर्ने ६२ वर्षीय पिटर भारतीय विपक्षी दल कांग्रेसका कार्यकर्ता हुन् । ‘मेरो खोप प्रमाणपत्रमा आफ्नो फोटो राखेर मोदीले नागरिकको निजी मामिलामा चोट पु¥याएका छन् । यो कार्य असंवैधानिक हो,’ कोट्टायमका उनले बीबीसीसँग भने, ‘म अनुरोध गर्न चाहन्छु, प्रधानमन्त्री मोदीले यस्तो लाजमर्दो हर्कत तत्काल बन्द गर्नुपर्छ ।’

‘लोकतन्त्रमा यस्तो कार्य एकदमै अनुचित छ । राष्ट्र अर्थात व्यक्तिका लागि यस्तो प्रयोगको कुनै अर्थ छैन ।’ गत अगस्टमा संसदमा बोल्दै स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारले ‘ठूलो सार्वजनिक हित’का लागि प्रमाणपत्रमा प्रधानमन्त्रीको तस्वीर राखिएको बताएकी थिइन् । खोप लगाएपछि पनि कोरोनाबाट बच्नका लागि आवश्यक पर्ने मापदण्ड पालनामा प्रेरित गर्न प्रमाणपत्रमा मोदीको तस्वीर राखिएको उनको तर्क थियो ।

मोदी जस्तो आफ्नो प्रशंसा आफैं गर्ने नेता अहिलेसम्म भारतमा नरहेको भन्दै आलोचकहरुले उनको आलोचना गरेका छन् । बीजेपीले गान्धी–नेहरु खानदानको नामबाट एयरपोर्ट, विश्वविद्यालय, पुरस्कार तथा कल्याणकारी आयोजनाको नामाकरण गरेको भन्दै कांग्रेस पार्टीको आलोचना गर्दै आइरहेको छ । उत्तर प्रदेशकी मुख्यमन्त्री मायावतीले आफ्नो मूर्ति बनाएकोमा उनको ठूलो आलोचना भएको थियो । तामिलनाडुकी पूर्वमुख्यमन्त्री जे जयललिताले खानाको सस्तो क्यान्टिन, औषधि एवं नुनको प्याकेटमा आफ्नो तस्वीर प्रयोग गरेकी थिइन् ।

मोदीको जीवनी लेख्ने पत्रकार नीलाजन मुखोपाध्याय भन्छन्, ‘प्रधानमन्त्री मोदीको आत्म प्रशंसा गर्ने यो परिपाटीले बेग्लै स्तरमा पु¥याएको छ ।’ प्रधानमन्त्री मोदीले महामारीको समयमा आफ्नो प्रचार गर्ने एक ठूलो अवसरको रुपमा प्रयोग गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘कोरोनाको सुरक्षाका लागि एक मात्र उपाय भनेको खोप हो । मोदीले खोप प्रमाणपत्रमा आफ्नो फोटो राखेर आफू नै कोरोनाको रक्षक भएको देखाउन चाहन्छन् ।’ मुखोपाध्याय अगाडि थप्छन्, ‘भगवानको मानवीय रुपमा आफू स्वयंलाई देखाएर नागरिकको भरोसा हासिल गर्न चाहन्छन् र आफ्नो लागि भोटको रुपमा रुपान्तरण गर्न चाहन्छन् ।’

प्रतिक्रिया