खेल-खेलाडी

डर्टमुन्डको लज्जास्पद हार

सौर्य अनलाइन २०७८ कार्तिक ३ गते २०:४० मा प्रकाशित

बर्लिन । जर्मन क्लब बोरुसिया डर्टमुन्डले युइएफए च्याम्पियन्स लिगमा डच क्लब आयाक्ससँग लज्जास्पद हार बेहोरेको छ ।डर्टमुन्डले घरेलु टोलीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । योहान क्रुएफ एरिनामा मंगलबार राति भएको खेलमा घरेलु टोली आयाक्सको सानदार जितमा डाले ब्लिन्ड, एन्टोनी र सेवास्टिन हालेरले गोल गर्दा एक गोल उपहार पाएको थियो । खेलको ११औं मिनेटमा मार्काे रिउसको आत्मघाती गोलबाट आयाक्सले अग्रता लिएको थियो ।

२५औं मिनेटमा डाले ब्लिन्डले गोल गर्दै आयाक्सको अग्रता दोब्बर पारे । उनले सेवास्टिन हालेरको पासमा गोल गरेका थिए । ५७औं मिनेटमा एन्टोनीले सेवास्टिन हालेरले डाले ब्लिन्डको पासमा गोल गर्दै आयाक्सलाई ४–० को फराकिलो जित दिलाए । यो सानदार जितसँगै अपराजित रहेको आयाक्स समूह ‘सी’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित डर्टमुन्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यही समुहको अर्काे खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनले बेसिक्टासलाई ४–१ ले पराजित गरेको छ । स्पोर्टिङको जितमा सेवास्टिन कोआटेसले दुई तथा पाब्लो साराविया र पाउलिन्होले समान एक गोल गरे । घरेलु टोली बेसिक्टासका लारिनले एक गोल फर्काए । यो नजितासँगै पहिलो जित निकालेको स्पोर्टिङ ३ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । अंकविहीन बेसिक्टास पुछारमा छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय