६० अंकले बढ्यो नेप्से, यी हुन् धेरै मूल्य बढेका पाँच कम्पनी

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ६०.५६ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २५७१ अंकमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । जम्मा २ अर्ब ६७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यसअघि हिजो मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।

कुल १७९ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य घटेको छ । सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३२, विकास बैंक १४१, फाइनान्स १२१, होटल तथा पर्यटन ९१ तथा जलविद्युत उपसमूह १०८ अंकले बढे । त्यस्तै लगानी १, जीवन बीमा १८९, उत्पादन १२२, माइक्रोफाइनान्स ९९, निर्जीवन बीमा २४८, अन्य ६३ र लगानी उपसमूह ८९ अंकले बढे ।

यस दिन धेरै मूल्य बढेका पाँच कम्पनीमा सबै जलविद्युत कम्पनी छन् । आँखुखोला जलविद्युत, युनिभर्सल पावर, मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो । सिइडिबी हाइड्रोपावर र नेसनल हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले बढ्यो ।

नेपाल राष्ट्र बैंकले ब्याजदरका सम्वन्धमा बैंकहरुलाई नयाँ निर्देशन जारी गरेपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो । राष्ट्र बैंकको निर्देशनपछि कतिपय बैंकलाई ब्याजदर घटाउन बाध्यता परेको छ ।

प्रतिक्रिया