बाढीपहिरोमा परी ४८ जनाकाे मृत्यु, ३१ सम्पर्कविहीन (विवरणसहित)

काठमाडौं । केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयबाट प्राप्त बुधबार मध्यान्ह १२ बजेसम्मको विवरणअनुसार अन्य ३१ जना बेपत्ता भएका छन् । विपद्मा परेर २३ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ । अहिलेसम्म विभिन्न जिल्लाबाट ७०० जनाको उद्धार गरिएको छ ।

प्राप्त विवरणमा बाढीपहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएको छ। विभिन्न स्थानमा २० वटा घरमा पूर्ण क्षति पुगेको छ। रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ। नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ ।

अहिले हाल देशको प्रदेश १, २ र बागमती प्रदेशमा पूर्णबदली र बाँकी भू–भागमामा सामान्यदेखि पूर्णबदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो प्रदेश १ का थोरै र प्रदेश २, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया