आईपीओ निष्कासनको तयारीमा आदर्श लघुवित्त

काठमाडौं । बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सो लघुवित्त ६० हजार कित्ता सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ । लघुवित्तले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता सेयर निष्कासनका लागि असोज २० गते बोर्डमा आवेदन दिएको छ ।

लघुवित्तको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाएसँगै लघुवित्तले सेयर निष्कासन प्रक्रिया सुरु गर्नेछ ।

प्रतिक्रिया