सिद्दार्थ बैंकमा अनलाइनबाटै मुद्दती खाता खोल्न सकिने

काठमाडौं । सिद्दार्थ बैंक लिमिटेडले डिजिटल बैंकिङ प्रविधिको सदुपयोग गर्दै ग्राहलाई सहजतथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ । यसकालागि ग्राहकहरुले बैंकको इजिबैंक प्लाटफर्म  https://easybank.siddharthabank.com/ प्रयोग गरीे भौतिक रुपमा बंैकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहजरुपमा अनलाइन मार्फत मुद्दती खाता खोल्नको लागि आवेदन दिन सक्नेछन् । ग्राहकहरुले उक्त मुद्दती निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिनसकिने बैंकले जनाएको छ ।

पहिलायो सेवाबैंकको मोबाइल बैंकिङ्ग एप सिद्घार्थ बैंक स्मार्टबाटमात्र प्रदान गर्दै आएको थियो । अब ग्राहकले घरबाटै इजिबैंक वा बैंक स्मार्ट प्रयोग गरी मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । सिद्घार्थ बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै बैंकिङ्ग प्रणाली अझ सजिलो तथा प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया