सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनकाे निधन

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनको कोभिड-१९ का कारण निधन भएको छ । उपचारकै क्रममा महर्जनकाे साेमबार निधन भएको हाे । करिब एक साता अगाडि महर्जनसँगै उनकी श्रीमती र परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको थियाे ।

गत असाेज २६ गते पीसीआर परीक्षण गराएका महर्जनकाे सीटी भ्यालु २१.२२ सहित रिपोर्ट पोजेटिभ आएको महर्जनले नै सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । संक्रमणपछि उनी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

महर्जन साझा पार्टीका केन्द्रिय सदस्यसमेत थिए । उनी गत स्थानीय चुनावमा साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उठेका थिए । ५६ वर्षीय महर्जनका एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया