साफ च्याम्पियनसिप फाइनल: एक मिनेटभित्र भारतकाे दुई गाेल

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा भारतले नेपालविरुद्ध दुई मिनेटमा दुई गोल गरेको छ । माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो पटक फाइनलमा पुगेको नेपालविरुद्ध भारतले ४९औं र ५०औ मिनेटमा लगातार गोल गरेको हो ।

मालेस्थित नेसनल स्टेडियममा जारी खेलको ४९औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले हेडरमार्फत गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै भारतीय मिडफिल्डर सुरेष वाङ्जामले गोल गर्दै भारतको अग्रता दोब्बर पारेका हुन् । नेपाल पहिलो पटक प्रतियोगिताको फाइनलमा पुगेको हो भने भारत प्रतियोगिताको सर्वाधिक सफल टोली हो ।

प्रतिक्रिया