अफगानिस्तानको मस्जिदमा विस्फोट

बीबीसी । अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा थुप्रै मानिसको ज्यान गएको आशङ्का गरिएको छ । शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट गराइएको विवरणमा जनाइएको छ ।

स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार इमाम बारगाह मस्जिदमा भएको विस्फोटमा कैयौँको मृत्यु भएको छ । विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया